आज: ७ मंसिर २०८१, शुक्रबार | Fri, 22, Nov, 2024

अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो सुनसहित क्यानडाका नागरिक पक्राउ

गोकर्णेश्वर खबर१९ माघ २०७९, बिहीबार ११:०१ मा प्रकाशित (१ साल अघि) ६९ पाठक संख्या

१९ माघ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो १३५ ग्राम सुनसहित क्यानडाका एक नागरिक पक्राउ परेका छन् ।

गएराति दुबईबाट काठमाडौं ओर्लिएका मोहम्मद कमाल माहगौबलाई भन्सार क्षेत्रको एकसरे चेकजाँचको क्रममा पक्राउ गरिएको हो । उनले आफ्नै शरीरमा प्लास्टिकमा प्याक गरी बोकेको सेमी लिक्युड सुन करिब ९ किलो १३५ ग्राम बरामद भएको प्रहरीले जनाएको छ ।

केएमसी अस्पताल सिनामंगलमा उनको स्वास्थ्य परीक्षण गरेर थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त गौशालामा राखिएको प्रहरीले जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख अरुण पोखरेलका अनुसार एएम २६६५४८ नम्बरको पासपोर्ट बोकेका उनी फ्लाई दुबईको एफ जेड–२५७३ मार्फत गएराति पौने १२ बजे काठमाडौं ओर्लिएका थिए । उनलाई १२ बजेर १० मिनेटमा भन्सार टोलीले नियन्त्रणमा लिएको थियो ।