५ माघ, काठमाडौं । प्रतिनिधि सभाको सभामुखमा नेकपा (एमाले) का सांसद देवराज घिमिरे निर्वाचित भएका छन् । झापाको अर्जुनधारा नगरपालिका –६ घर हुनुभएका घिमिरे झापा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । घिमिरेले १६७ मत प्राप्त गरेका छन् ।
घिमिरेले प्राप्त गरेका मत सभाको बहुमत भएकाले प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले घिमिरे प्रतिनिधि सभाको सभामुख निर्वाचित हुनुभएको घोषणा गरेका हुन् । प्रतिस्पर्धी नेपाली कांग्रेसकी ईश्वरीदेवी न्यौपानेले १०० मत पाएका थिए । न्यौपाने नेपाली कांग्रेसकी प्रतिनिधि सभा समानुपातिक सदस्य हुन् । मत दिन्न भन्ने पक्षमा एक मत मात्र परेको थियो ।