५ माघ, काठमाडौं । आज सभामुखको निर्वाचन हुँदैछ । मतदानका लागि आज बिहान ११ बजेका लागि प्रतिनिधि सभा बैठक बोलाइएको छ । प्रतिनिधिसभाको सभामुखका लागि सत्ता गठबन्धनका उम्मेदवार देवराज घिमिरेविरुद्ध कांग्रेसले नेतृ ईश्वरी न्यौपानेलाई अघि सारेको छ ।
सभामुखका लागि नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ । सभामुखमा दुई दकशपछि यसरी बहुमतीय प्रक्रियाअन्तर्गत निर्वाचन हुन लागेको हो । यसअघि २०५१ मा बाहेक त्यसपछि सर्वसम्त सभामुख चयन भएको नजिर छ ।
अघिल्लो संसद्मा सभामुखका दुईवटै निर्वाचनमा कांग्रेसले उम्मेदवारी दिएको थिएन । संसद्मा सभामुखको भूमिका निष्पक्ष हुनुपर्ने भएकाले दलीय आधारमा प्रतिस्पर्धा गर्दा राम्रो सन्देश नजाने तर्कका आधारमा त्यतिबेला उम्मेदवार नउठाएको कांग्रेसले अहिले फरक नीति अपनाएको छ ।