आज: ८ मंसिर २०८१, शनिबार | Sat, 23, Nov, 2024

नवनियुक्त मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ, अब २३ सदस्यीय मन्त्रीमण्डल 

गोकर्णेश्वर खबर३ माघ २०७९, मंगलवार १५:४३ मा प्रकाशित (१ साल अघि) ६७ पाठक संख्या

३ माघ, काठमाडौं । प्रधानमन्त्री प्रचण्डले मंगलबार १२ मन्त्री र ३ राज्यमन्त्री थपेका छन् । नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीको मंगलबार नै पद तथा गोपनीयताको शपथ लिएका छन् । पुस ११ गते पहिलो पटक ८ सदस्यीय मन्त्रिमण्डल गठन भएको थियो । अहिले प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् २३ सदस्यीय बनेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार १२ मन्त्री र ३ राज्यमन्त्री नियुक्त गरेसँगै प्रचण्ड नेतृत्वको सरकार २३ सदस्यीय बनेको हो ।
मन्त्रिपरिषद्मा उपप्रधानमन्त्री ४ जना रहेका छन् ।

सत्ता साझेदार दलमा भएको भागबण्डाअनुसार एमालेले ८, माओवादी केन्द्रले प्रधानमन्त्रीसहित ५ मन्त्री, रास्वपा र राप्रपाले ३–३ मन्त्रालय र जनमतले एउटा मन्त्रालय लिएका छन् । । यस्तै माओवादी, रास्वपा र राप्रपाले १–१ राज्यमन्त्री पनि पाएका छन् । प्रचण्ड नेतृत्वको सरकारमा अझै २ मन्त्रालय मन्त्रीविहीन बनेका छन् ।