आज: २७ चैत्र २०८१, बिहीबार | Thu, 10, Apr, 2025

लायन्स क्लबको आयोजनामा जिरी नगर अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर

गोकर्णेश्वर खबर११ पुष २०७९, सोमबार ०९:०४ मा प्रकाशित (२ साल अघि) १३६ पाठक संख्या

११ पुष, काठमाडौं । लायन्स क्लब अफ इन्टरनेशनल डिस्ट्रिक ३२५ डी अन्तर्गत जिरी नगर अस्पतालमा दुइदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । निःशुल्क औषधी वितरण गरिएको शिविर काठमाडौं मेडिकल कलेजको प्राविधिक सहयोग तथा जिरी नगरपालिकाको सहकार्यमा पुष ९ र १० गते दुई दिन भएको थियो ।

शिविर लायन्स क्लब अफ काठमाडौं हेल्पिग हर्ट, लायन्स क्लब अफ काठमाडौं गोकर्णेश्वर, लायन्स क्लब अफ काठमाडौं माहाङ्काल, लायन्स क्लब अफ काठमाडौं मनहरा, लायन्स क्लब अफ काठमाडौं क्यिटिभ वुमन, लायन्स क्लब अफ काठमाडौं लालिगुराँस, लायन्स क्लब अफ काठमाडौं सुकुन्दा, लायन्स क्लब अफ काठमाडौं एकेडेमीक, लायन्स क्लब अफ काठमाडौं इन्द्रसरोवर, लायन्स क्लब अफ काठमाडौं डाँफे र लायन्स क्लब अफ काठमाडौं आकर्षणको संयुक्त आयोजनामा भएको थियो ।

उक्त शिविरमा नाक–कान–घाँटी, स्त्री रोग, आखाँ,हाड जोर्नी तथा नसा रोग लगायतका प्याथोलोजि ल्याव, इसिजी, भिडियो एक्सरे सेवा निःशुल्क रुपमा उपलब्ध गराएको थियो । शिविरमा १००२ जना जिरी नगरपालिका बासीले स्वास्थ्य उपचार निःशुल्क रुपमा गरिएको आयोजकले बताएका छन् ।