आज: ९ मंसिर २०८१, आईतवार | Sun, 24, Nov, 2024

नेकपा एकीकृत समाजवादीको घोषणापत्र सार्वजनिक, २ सय युनिट बिजुली निःशुल्क

गोकर्णेश्वर खबर१४ कार्तिक २०७९, सोमबार २०:०८ मा प्रकाशित (२ साल अघि) ७७ पाठक संख्या

१४ कार्तिक, काठमाडौं । नेकपा एकीकृत समाजवादीले आज घोषणापत्र सार्वजनिक गरेको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै नेकपा एकीकृत समाजवादीले पहिलो संसदीय चुनावी घोषणापत्र सार्वजनिक गरेको हो ।

घोषणापत्रमा प्रत्येक परिवारलाई मासिक २ सय युनिट बिजुली निःशुल्क दिने प्रतिबद्धता व्यक्त गरेको छ । सोमबार सार्वजनिक गरिएको घोषणापत्रमा तीनै तहको सरकारसँग सहकार्य गरेर २ सय युनिट बिजुली निःशुल्क दिने जनाएको छ ।

समाजवादीले तीनै तहका सरकारबाट हरेक घर परिवारलाई मासिक रुपमा २ सय युनिटसम्म विद्युत् महसुलमा छुट दिने तथा गरिबीको रेखामुनि रहेका परिवारलाई विद्युत् लाइन जडान तथा बिजुली उपभोगमा सहुलियत दिन पहल गर्ने घोषणापत्रमा उल्लेख गरेको छ ।

त्यसैगरी विशेष आर्थिक क्षेत्र तथा औद्योगिक ग्रामहरूमा डेडिकेटेड विद्युत् लाइन जडान गरिने उल्लेख छ । जलविद्युत् परियोजनामा जनता र सरकारको संयुक्त लगानी प्रवर्द्धन गर्ने गरी ’घरघरमा बिजुली जनजनमा शेयर’ कार्यक्रम ल्याउने जनाएको छ ।