आज: ९ मंसिर २०८१, आईतवार | Sun, 24, Nov, 2024

गठबन्धनमा सिट बाँडफाँडमा सहमति, कुन दलले कुन-कुन सिट पाए ? 

गोकर्णेश्वर खबर२१ आश्विन २०७९, शुक्रबार २३:४१ मा प्रकाशित (२ साल अघि) १८५ पाठक संख्या

२१ असोज, काठमाडौं । नेपाली कांग्रेस लगायतका सत्ता गठबन्धनका दलहरुबीच निर्वाचन क्षेत्रमा तालमेलका लागि सहमति भएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको सत्ता गठबन्धनको बैठकले तालमेलका लागि सो सहमति गरेको हो ।

सहमतिका क्रममा जसपालाई छुट्टयाइएको सिट खाली राखिएको छ भनें केही सिटमा लोसपालाई दिने गरी तयारी गरिएको छ ।

आज भएको सहमति अनुसार नेकपा माओवादी केन्द्रलाई ४५, एकीकृत समाजवादीलाई २० र राष्ट्रिय जनमोर्चालाई २ स्थान दिने गरी सिट बाँडफाँट भएको हो । यसैगरी बाँकी ९८ स्थानमा कांग्रेस र लोपसाबीच भागबन्डा हुनेछ ।

लोसपाले प्रतिनिधिसभाका १५ स्थानमा दाबी गरेको छ । लोसपालाई प्रतिनिधिसभामा १० स्थान र प्रदेशसभामा १९ स्थान दिन प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा सकारात्मक छन् ।

देश भर कुन दलले कुन कुन सिट पाउँछन् सूचिमा हेर्नुहोस् ।