२१ असोज, काठमाडौं । प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका उम्मेदवार टुंगो लगाउन नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक आज दिउँसो १२ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ ।
कार्यसम्पादन समितिमा रहेका नेताहरुको प्रदेश अनुसार फरक–फरक बैठक बसेर सोही बैठकबाट सिफारिस नाम अनुसार संसदीय समिति (बोर्ड) ले नाम टुंगो लगाउने नेपाली कांग्रेसका नेताहरुले बताएका छन् ।