७ असोज, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधानको पालना नगरेको भन्दै जनता समाजवादी पार्टी (जसपा)ले आन्दोलनको घोषणा गरेको छ ।
जसपाको मधेस प्रदेश कमिटीले राष्ट्रपति भण्डारीको राजीनामा माग गर्दै चरणबद्ध आन्दोलनको घोषणा गरेको हो । जसपाले शनिबारदेखि चरणबद्ध रूपमा शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा गरेको छ ।
जसपाले नागरिक विधेयक जारी नहुँदा मधेसका लाखौँ जनताले नागरिकताबाट वञ्चित हुनुपर्ने अवस्था रहेको भन्दै त्यसलाई मुद्दा बनाएर आन्दोलन थालेको हो ।
सत्ता गठबन्धनले राष्ट्रपति भण्डारीले विधेयक प्रमाणीकरण नगरेर संविधान मिचेको विषयलाई चुनावी मुद्दा बनाउने निर्णय गरिसकेको छ ।