असोज ५, काठमाडौं । नमोबुद्ध–काठमाडौं सम्पर्क समितिले विभिन्न राष्टिय चाडहरुको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्ने भएको छ ।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य मोहन बहादुर बस्नेतको प्रमुख आतिथ्यतामा हुने कार्यक्रम असोज ८ गते पेप्सिकोलामा हुने भएको छ ।
नेपालीहरूको महान चाड विजया दशमी, शुभदिपावली, छठ पर्व ल्होछार पर्व एवम् नेपाल संम्वतको पावन अवसरमा हुने कार्यक्रम असोज ८ गते शनिवार बिहान ११ बजे स्टार बैंक्वेट, पेप्सीकोला चोकमा हुनेछ ।