२ असोज, काठमाडौं । सरकारसँग ५ बुँदे सहमति भएपछि मिटर ब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले आन्दोलनका कार्यक्रम स्थगित गरेको छ ।
काठमाडौंको माइतीघरमा आइतबार आयोजित पत्रकार सम्मेलनमा सरकारसँग माग पूरा गर्ने सहमति भएकोले तत्काललाई आन्दोलन स्थगित गरिएको संघर्ष समितिले जानकारी दिएको छ ।
गृहमन्त्री बालकृष्ण खाँणले एक हप्ताभित्र कार्यविधि बनाएर ५ बुँदे माग पूरा गर्ने बताए पछि आन्दोलनका सबै कार्यक्रम स्थगित गर्ने निर्णय भएको संघर्ष समिति अध्यक्ष राम सुरत गुप्ताले जानकारी दिएका छन् ।
गृह मन्त्रालय र संघर्ष समितिबीच शनिबार बिहान ५ बुँदे सहमति भएको थियो । समितिको अगुवाइमा काठमाडौंको माइतीघरमा ४७ दिनदेखि पीडितहरूले धर्ना दिँदै आएका थिए ।