२८ भदौ, काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा अतिरिक्त मुख्य अनुसन्धान निर्देशक हुतराज थापालाई नियुक्त गरिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई विभागको प्रमुखमा नियुक्त गरेको हो ।
राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदुलाल खरेलले मंगलबारबाट अवकाश पाउँदै छन् । नवनियुक्त प्रमुख थापाले भदौ २९ बाट कार्यभार समाल्नेछन् । थापासँग प्रमुख बन्ने प्रतिस्पर्धामा ओम जोशी थिए ।
सरकारले वरिष्ठतम् अतिरिक्त मुख्य अनुसन्धान निर्देशकलाई प्रमुखमा नियुक्त गरेको हो । उनले ३ वर्ष अनुसन्धान विभागको नेतृत्व गर्नेछन् । उनि कार्यसम्पादनमा अब्बल अधिकृतको रुपमा परिचित छन् ।