आज: २६ चैत्र २०८१, बुधबार | Wed, 09, Apr, 2025

९० दिन भित्रमा भवनको नक्सा पास गर्न काठमाडौं वडा नं. ६ बौद्धको सूचना 

गोकर्णेश्वर खबर२६ भाद्र २०७९, आईतवार २२:१० मा प्रकाशित (२ साल अघि) ९९३ पाठक संख्या

२६ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. ६ बौद्धले नक्सा पास नगरी बनाईका भवनहरुलाई ९० दिन भित्रमा नक्सा पास गरि नियमित गर्नको लागि सूचना जारी गरेको छ ।

काठमाडौं महानगरपालिकाले मापदण्ड विपरितका संरचना भत्काउन शुरु गरे पछि वडा कार्यालय बौेद्धले पनि सूचना जारी गरेको हो ।

आज जारी सूचनामा भनिएको छ – ‘प्रचलित भवन निर्माण सम्बन्धी मापदण्ड अनुरुप निर्माण भएका तर नक्सा पास नगरी बनाईका भवनहरुलाई ९० दिन भित्रमा नक्सा पास गरि नियमित गर्नको लागि काठमाडौं महानगरपालिकाबाट आव्हान गरिएको हुँदा सम्बन्धित सबैमा सूचित गराइन्छ ।’

वडा कार्यालयले मापदण्ड विपरित निर्माण गरिएको संरचनाहरु, छतबाट सडक पेटीमा पानी खसाल्ने कार्य, सडक, पेटी, फुटपाथमा व्यापार गर्ने कार्य अविलम्ब हटाउन अनुरोध गर्दै अन्यथा कानुन बमोजिम कारवाही हुने समेत जनाएको छ ।