आज: ९ मंसिर २०८१, आईतवार | Sun, 24, Nov, 2024

कांग्रेस नवलपरासीबाट विनोद चौधरीको नाम सिफारिस

गोकर्णेश्वर खबर२० भाद्र २०७९, सोमबार १८:१२ मा प्रकाशित (२ साल अघि) १४६ पाठक संख्या

काठमाडौँ- नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्यका लागि नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ बाट अर्बपति विनोद चौधरीको नाम सिफारिस गरेको छ । चौधरीसहित कांग्रेसले नवलपरासी क्षेत्र नम्बर १ बाट पाँच जनाको नाम उम्मेदवारका सिफारिस गरेको हो ।

देवकरण कलवार, विक्रम खनाल, कुलदीप आचार्य र उषा बास्तोलाको नाम सिफारिस गरिएको कांग्रेस नवलपरासीले जानकारी दिएको छ । यसैगरी क्षेत्र नम्बर २ मा पूर्व गृह राज्यमन्त्री देवेन्द्रराज कँडेलको नाम सर्वसम्मत सिफारिस भएको छ ।

प्रदेश सभा सदस्यतर्फ १ (क) बाट विश्व प्रेम पाठक र (ख)मा मुकुल आचार्य छनोट भएका छन् । क्षेत्र नम्बर २ (क) मा मोहन शर्मा र (ख) मा बैजनाथ कलवार र नगेन्द्र अग्रहरीको नाम सिफारिस गरिएको काँग्रेस नवलपरासीले जनाएको छ ।