आज: २२ चैत्र २०८१, शनिबार | Sat, 05, Apr, 2025

सात वटा क्यासिनोलाई कर बुझाउन महानगरपालिकाको पत्र 

गोकर्णेश्वर खबर१९ भाद्र २०७९, आईतवार १९:०८ मा प्रकाशित (२ साल अघि) २०५ पाठक संख्या

१९ भदौ, काठमाडौं । आर्थिक वर्ष २०७५/७६ देखि महानगरपालिकालाई कर नबुझाएका सात वटा क्यासिनोलाई कर बुझाउन काठमाडौं महानगरपालिकाले पत्र काटेको छ । महानगरपालिकाले सात वटा क्यासिनोले मनोरञ्जन कर नबुझाएकाले सात दिनभित्र कर तिर्न आइतबार पत्र काटेको हो ।

महानगरले म्यारिएटको डेल्टीन क्यासिनो होटल, अन्नपूर्णको क्यासिनो प्यालेस, ¥याडिसन होटलको क्यासिनो ¥याडी, हायात होटलको प्राइड इन्टरटेनमेन्ट एण्ड रिक्रिएसन, सोल्टी होटलको मोजाङ्ग इन्टरटेन्मेन्ट, एलफ्ट होटलको बाल्को क्यासिनो र मल्ल होटलको बेली क्यासिनोलाई कर बुझाउन भन्दै पत्र काटेको छ ।

बागमती प्रदेशको आर्थिक ऐनले क्यासिनोमा प्रवेश गर्ने ग्राहकबाट मनोरञ्जन कर लिनुपर्ने व्यवस्था रहेकाले महानगरले तोकिएको अवधिमा कर नबुझाए महानगरपालिकाको राजस्व ऐन, २०७५ बमोजिम कारबाही गरी सरकारी बाँकी सरह बक्यौता कर असुल गरिने पत्रमा उल्लेख छ ।