आज: ८ मंसिर २०८१, शनिबार | Sat, 23, Nov, 2024

एमाले काठमाडौंबाट १० वटै क्षेत्रका प्रतिनिधिसभाका उम्मेदवार सिफारिस, क्षेत्र नं. ३ बाट कृष्ण राई 

गोकर्णेश्वर खबर१५ भाद्र २०७९, बुधबार २०:०४ मा प्रकाशित (२ साल अघि) ९२८ पाठक संख्या

१५ भदौ, काठमाडौं । नेकपा एमाले काठमाडौं जिल्ला कमिटीले दशवटै क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारको सिफारिस गरेको छ । पार्टीले क्षेत्रीय कमिटीहरुलाई दिएको समयसिमा भित्रै वुधबार अधिकांश क्षेत्रबाट उम्मेदवारहरुको नाम सिफारिस भएको छ ।

काठमाडौं जिल्ला कमिटीले मङ्सिर ४ गतेका लागि तय प्रतिनिधि सभा निर्वाचनका लागि नाम सिफारिस गरेको हो ।

काठमाडौं क्षेत्र नं. ३ बाट कृष्ण राई सिफारिस 

यसैगरी, काठमाडौं क्षेत्र नं. ३ बाट कृष्ण राई सिफारिस भएका छन् । वर्तमान प्रतिनिधिसभा सदस्य समेत रहेका कृष्ण राईको नाम क्षेत्र नं. ३ बाट एकल सिफारिस भएको हो ।

आज भएको सिफरिस अनुसार – 

क्षेत्र नम्बर १ बाट विदुर मैनाली, रुपनारायण श्रेष्ठ, टीकाराम भट्टराई ।

क्षेत्र नम्बर २ बाट मणीराम फुयाल ।

क्षेत्र नम्बर ३ बाट कृष्ण राई ।

क्षेत्र नम्बर ४ बाट डा.राजन भट्टराई, निर्मल कुइकेल ।

क्षेत्र नम्बर ५ बाट ईश्वर पोखरेल ।

क्षेत्र नम्बर ६ बाट योगेन्द्र संग्रौला, लेखनाथ फुयाल, कल्पना रिजाल, प्रेमराज सिलवाल, माता प्रताप थापा, मीना थापा, हरिशरण तिमल्सिना ।

क्षेत्र नम्बर ७ बाट इन्दिरा पन्त, विपी ढकाल, श्याम घिमिरे, विद्यासुन्दर शाक्य, रघुजी पन्त ।

क्षेत्र नम्बर ८ बाट राजेश शाक्य ।

क्षेत्र नम्बर ९ बाट कृष्णगोपाल श्रेष्ठ, विद्यासुन्दर शाक्य, अजय क्रान्ति शाक्य ।

क्षेत्र नम्बर १० बाट विनोद श्रेष्ठ, शरब महर्जन, रमेश महर्जन, सुरेन्द्र मानन्धर, शम्भुराम महर्जन, हिमेष केसी सिफारिस भएका छन् ।

जिल्ला समितिको बैठकले प्रतिनिधिसभातर्फ उम्मेदवारको नाम सिफारिस गर्न गरेको आह्वान अनुसार दशवटै क्षेत्रबाट सम्भावित उम्मेदवारको सिफारिस भएको हो । केही छुटेका नेताहरुको नाममा छलफल भईरहेको जानकारी प्राप्त भएको छ ।