१५ भदौ, काठमाडौं । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले नागरिकतासम्बन्धी विधेयक हुबहु पारित गरेको छ । बुधबार बसेको समिति बैठकले प्रतिनिधिसभाबाट पारित भएको विधेयकलाई छलफलपछि हुबहु पारित गरेको हो ।
विधेयकमा नेकपा एमालेले लिखित असहमति राखे पनि सत्तारुढ गठबन्धनमा रहेका दलको समितिमा बहुमत रहेकाले विधेयक पारित भयो ।
समितिले आफ्नो प्रतिवेदनसहित राष्ट्रिय सभामा पेश गर्नेछ । राष्ट्रिय सभाको बैठक बिहीबार बस्दैछ ।
यसैगरी, एमालेले फरक मत राख्दै नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेको ७ वर्षपछि वैवाहिक अंगीकत नागरिकता दिने, यसरी नागरिकता लिंदा जन्म भएको देशको नागरिकता त्यागेको प्रमाण पेश गर्नुपर्ने व्यवस्था राख्नु पर्ने बताएको छ ।