आज: ११ मंसिर २०८१, मंगलवार | Tue, 26, Nov, 2024

सरकारले नेपाल एक्सलरेसन परियोजनाका लागि १७ अर्ब रुपियाँ ऋण स्वीकार गर्ने

गोकर्णेश्वर खबर१४ भाद्र २०७९, मंगलवार १९:२६ मा प्रकाशित (२ साल अघि) १७१ पाठक संख्या

१४ भदौ, काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका विभिन्न १२ वटा निर्णय सरकारले सार्वजनिक गरेको छ । मन्त्रिपरिषद् बैठकका निर्णय सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मङ्गलबार सार्वजनिक गरेका हुन् ।

सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट डिजिटल नेपाल एक्सलरेसन परियोजनाका लागि १७ अर्ब रुपियाँ सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ । त्यसैगरी सरकारले भदौ २४ गतेदेखि २६ गतेसम्म भुटानमा आयोजना हुने इसिमोडको ५३ औं बोर्ड अफ गभर्नरको बैठकमा सहभागी हुन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेललाई स्वीकृति दिएको छ ।

सरकारले विभिन्न मन्त्रालय अन्तर्गत सञ्चालित परियोजना र आयोजना सञ्चालन गर्नका लागि अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ । जसमा पाँच वटा मन्त्रालय अन्तर्गतका योजनाका लागि ६६३ अस्थायी दरबन्दी स्वीकृत गरिएको छ ।