१४ भदौ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले काठमाडौंको रत्नपार्कमा सञ्चालनमा ल्याएको विद्युतीय चार्जिङ स्टेसनको उद्घाटन गरिएको छ ।
ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले चार्जिङ स्टेसनको उद्घाटन गर्दै देशले विद्युतको क्षेत्रमा ठूलो क्रान्ति गरिरहेको बताईन् । मुलुकभित्रकै जलस्रोतबाट विद्युत उत्पादन गरेर आफैँले प्रयोग गर्नु महत्वपूर्ण काम भएको बताईन् ।
मन्त्री भुसालले पछिल्लो एक वर्षमा विद्युत खपत २२ प्रतिशतले बढे पनि विद्युतीय यातायातको विकास सोचे जस्तो नभएको बताईन् । उनले विद्युतीय उर्जाको विकासले महंगो पट्रोलियम पदार्थ आयात घट्दै जाने बताईन् ।