नेपाली कांग्रेसका प्रवक्ता डा। प्रकाशशरण महतले शनिबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेसले जनताको साथमा कांग्रेस अभियान सञ्चालन गरिने बताए ।
कांग्रेसले भदौ १० देखि २४ सम्म गर्ने अभियानमा पार्टीले विगतमा सरकार हुँदा गरेका काम अब गर्ने कामका बारेमा जनतालाई भन्ने प्रवक्ता डा। महतले बताए । आइतबारदेखि यस अभियानका क्रममा ७७ जिल्ला जाने प्रतिनिधिलाई अभिमुखीकरण तालिम दिइनेछ ।
प्रदेश क्षेत्रमा प्रदेश समितिले नै प्रतिनिधि खटाउने पनि उनले जानकारी दिएका छन् । त्यसैगरी जिल्लाले पालिका तहमा र पालिकाले वडा र टोल तहमा प्रतिनिधि खटाउने पनि जनाइएको छ ।