आज: ११ मंसिर २०८१, मंगलवार | Tue, 26, Nov, 2024

आजबाट ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको झोलाको बिक्रीवितरण गर्न नपाईने 

गोकर्णेश्वर खबर१ भाद्र २०७९, बुधबार १०:४३ मा प्रकाशित (२ साल अघि) १०३ पाठक संख्या

१ भदौ, काठमाडौं । आजबाट ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको झोलाको बिक्रीवितरण र प्रयोग गर्न नपाईने भएको छ । सरकारले आज बुधबारदेखि उपत्यकामा ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको झोलाको बिक्रीवितरण, आयात, प्रयोगमा रोक लगाइएको हो ।

वन तथा वातावरण मन्त्रालय र वन विभागले ४० माइक्रोनभन्दा पातलो प्लास्टिक प्रतिबन्ध गर्ने नियमलाई बुधबारदेखि कडाइका साथ लागु गर्ने भएको हो ।

यसअघि २०७२ सालको वैशाख १ गतेदेखि लागु हुनेगरी उक्त नियम बनाएको थियो । अब भने ४० माइक्रोन भन्दा पातलो प्लाष्टिकको उत्पादन र कारोबार भए-नभएकोबारे सरकारले बुधबारदेखि नै अनुगमन गर्नेछ ।