आज: ७ मंसिर २०८१, शुक्रबार | Fri, 22, Nov, 2024

जनैपूर्णिमा पर्व मनाउन काभ्रेको तेमालमा दुई दिन सार्वजनिक बिदा

गोकर्णेश्वर खबर२५ श्रावण २०७९, बुधबार ०६:५७ मा प्रकाशित (२ साल अघि) २०८ पाठक संख्या

काभ्रेपलाञ्चोक । तेमाल गाउँपालिकाले जनैपूर्णिमाको अवसरमा दुई दिन सार्वजनिक बिदा दिने भएको छ । यही साउन २६ र २७ गते पालिका भित्रका सबै कार्यालय, शैक्षिक सङ्घरसंस्था र स्वास्थ्य संस्था बन्द हुने छन् ।

गाउँपालिकाको केन्द्रमा पर्ने नारायण मन्दिर परिसरमा हरेक जनैपूर्णिमाको अवसरमा भव्य मेला लाग्ने भएकाले त्यसका लागि गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

नारायणथान जात्राको रुपमा समेत परिचित सो जात्रा मनाउन तेमाललगायत आसपासका क्षेत्रका बासिन्दाको समेत सहभागिता रहँदै आएको छ । परापूर्वकालदेखि नै जनैपूर्णिमाको दिन जात्रा हुने गरेकाले पर्व मनाउन दुई दिन बिदा दिने निर्णय गरेको गाउँपालिकाका उपाध्यक्ष दलमान थोकरले बताउनुभयो ।