आज: ८ बैशाख २०८२, सोमबार | Mon, 21, Apr, 2025

२८ औं अन्तर्राष्ट्रिय आदिवासी दिवस

गोकर्णेश्वर खबर२४ श्रावण २०७९, मंगलवार २१:४० मा प्रकाशित (२ साल अघि) ३६० पाठक संख्या

काठमाडौं। आज साउन २४ गते अर्थात् २८औं अन्तर्राष्ट्रिय आदिवासी दिवस । आदिवासी जनजातिले विभिन्न कार्यक्रमहरु गरेर यो दिवसलाई बर्सेनी भव्य रुपमा मनाउँदै आएका छन् ।

पहिचान, पहुँच, प्रतिनिधित्व र समावेशीकरणका लागि आदिवासी आन्दोलन, आदिवासी ज्ञानको संरक्षण र पुस्तान्तरणमा आदिवासी महिलाको भूमिका भन्ने नाराका साथ दिवस मनाइएको नेपाल आदिवासी जनजाति महासंघले जनाएको छ।

आदिवासीको साँस्कृतिक झाँकी, बाजागाजा, भेषभुषा, नाँचगान तथा परम्परागत हातहतियारहरू सांकेतिक रूपमा प्रदर्शनसहित काठमाडौंलगायत विभिन्न जिल्लामा र्‍याली निकालिएको थियो ।