आज: ९ मंसिर २०८१, आईतवार | Sun, 24, Nov, 2024

शनिवार देशभर आंशिक बदली रही चट्याङ र मेघ गर्जनसहित वर्षा हुने

गोकर्णेश्वर खबर२१ श्रावण २०७९, शनिबार ०५:५८ मा प्रकाशित (२ साल अघि) ४०७ पाठक संख्या

काठमाडौं । देशभर आङ्शिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर आङ्शिकदेखि सामान्य बदली रही पहाडी भू–भागका केही स्थानमा र अन्य भू–भागका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

विभागका अनुसार मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही दक्षिणतिर अवस्थित छ भने पूर्वमा सरदर स्थानको आसपासमा छ ।

हाल देशभर आङ्शिकदेखि सामान्य बदली रही प्रदेश नं १, मधेस प्रदेश, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

राति देशभर आङ्शिकदेखि सामान्य बदली भई केही स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यमका साथै केही स्थानमा मुसलधारे वर्षाको सम्भावना छ ।