आज: ५ बैशाख २०८२, शुक्रबार | Fri, 18, Apr, 2025

काभ्रे भुम्लु गाउँपालिकाको बजेट सर्वसम्मत पारित

गोकर्णेश्वर खबर२८ असार २०७९, मंगलवार २०:४८ मा प्रकाशित (२ साल अघि) ३९० पाठक संख्या

२८ असार, काठमाडौं । काभ्रे भुम्लु गाउँपालिकाको एघारौ अधिवेशनले सर्वसम्मत बजेट पारित गरेको छ । आज नीति तथा कार्यक्रम सहित बजेट पारित भएको हो ।

गाउँपालिकाका उपाध्यक्ष दावा लामाले एघारौ अधिवेशनबाट सर्वसम्मत बजेट पारित भएकोमा धन्यवाद व्यक्त गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन् – ‘पूर्ण रुपमा सभ्य, भब्य एबम सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण वडा अध्यक्ष ज्युहरु, कार्यपालिका सदस्य, गाउँपालिका भित्रका सम्पूर्ण वडा सदस्य ज्यूहरु, गाउँपालिकाका कर्माचारी साथीहरु, पत्रकार एवम् प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सबैमा हार्दिक धन्यबाद ब्यक्त गर्दछु । जय भुम्लु ।’