२८ असार, काठमाडौं । सरकारको हतियार किन्ने निर्णयको बिरोधमा आज एमाले समर्थित युवा संघले नयाँ बानेश्वरमा मसाल सहित प्रदर्शन गरेको छ ।
सरकार भो दलालको मतियार, ’मल’ भन्दा प्यारो भो हतियार भन्ने नाराका साथ हतियार खरिद प्रकरण विरुद्ध युवा संघले विरोध प्रदर्शन गरेको हो ।
देसमा बिदेशी मुद्राको संचिति कम भएको बेला कमिशनको चक्करमा सरकारले हतियार किन्न लागेको उनीहरुको आरोप छ ।