२७ असार, काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले असार २८ गते मंगलबार नयाँ बानेश्वरमा हतियार खरिद प्रकरण विरुद्ध वृहत विरोध प्रदर्शन तथा मशाल जुलुस गर्ने भएको छ ।
सरकार भो दलालको मतियार, ’मल’ भन्दा प्यारो भो हतियार भन्ने नाराका साथ हतियार खरिद प्रकरण विरुद्ध युवा संघले विरोध प्रदर्शन गर्ने भएको हो ।
वृहत विरोध प्रदर्शन तथा मशाल जुलुस कार्यक्रम बेलुकी साढे ५ बजे नयाँ बानेश्वरमा हुनेछ ।