आज: ८ बैशाख २०८२, सोमबार | Mon, 21, Apr, 2025

भूकम्पको धक्का महसुस

गोकर्णेश्वर खबर२६ असार २०७९, आईतवार २१:३२ मा प्रकाशित (२ साल अघि) ८९१ पाठक संख्या

बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ। बेलुका ७ बजेर ४९ मिनेटको समयमा ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र, सुर्खेतले जनाएको छ।

उक्त भूकम्पको केन्द्रविन्दु दार्चुला सदरमुकामबाट १७ किलोमिटर पूर्व सितोला रहेको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माले जानकारी दिए।

भूकम्पबाट क्षतिबारे कुनै जानकारी नआएको प्रहरीले जनाएको छ।