आज: ३ बैशाख २०८२, बुधबार | Wed, 16, Apr, 2025

शिन्जो आबेको निधनमा नेपालले शनिबार राष्ट्रिय शोक मनाउने 

गोकर्णेश्वर खबर२४ असार २०७९, शुक्रबार २०:०४ मा प्रकाशित (२ साल अघि) २७५ पाठक संख्या

२४ असार, काठमाडौं । नेपाल सरकारले मित्र राष्ट्र जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको निधनमा भोलि शनिबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ।

शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले आबेको सम्मानमा असार २५ गते शनिबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो ।

सरकारले आबेको निधनप्रति गहिरो दुःख प्रकटसमेत गरेको छ । आबेलाई गोली प्रहार गरी गरेको हत्या निन्दनीय भएको भन्दै नेपाल सरकारले जापान सरकार, जापानी जनता र आबेको परिवारप्रति समवेदना व्यक्त गरेको छ ।

नेपाल सरकारले हत्या निन्दनीय भएको भन्दै भत्सर्ना गरेको छ । आबेको शुक्रबार गोली प्रहार गरी हत्या गरिएको हो ।