आज: ९ मंसिर २०८१, आईतवार | Sun, 24, Nov, 2024

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन समयमै हुन्छ : प्रधानमन्त्री देउवा

गोकर्णेश्वर खबर१६ असार २०७९, बिहीबार १६:१३ मा प्रकाशित (२ साल अघि) २२१ पाठक संख्या

१६ असार, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन समयमै सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

बिहीबार ६४ औँ संसद दिवसको अवसर पारेर सङ्घीय संसद् भवन नयाँबानेश्वरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित रुपमा सम्पन्न भएको उल्लेख गर्दै अब प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन पनि समयमै सम्पन्न गराउन सरकार प्रतिबद्ध रहेको बताए ।

प्रधानमन्त्री देउवाले राष्ट्रको सर्वोपरि हितलाई केन्द्रमा राखेर काम गर्न पनि सबै पक्षलाई आह्वान गर्नुभयो ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई मजदुत बनाउन आवधिक निर्वाचनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्दै प्रधानमन्त्री देउवाले मुलुकलाई विकसित र समुन्नत राष्ट्रको रुपमा अघि बढाउन सबैले मिलेर काम गर्नुपर्ने आवश्यकतासमेत ओंल्याएका छन् ।

प्रधानमन्त्री देउवाले मुलुकमा दीगो शान्ति र विकासलाई सार्थक बनाउन पूर्व सांसदहरुको अनुभव उपयोगी हुने धारणा राखेका छन् ।