३० वैशाख, काठमाडौं । स्थानीय तहको मतदान देशभर शान्तिपूर्ण रुपमा सम्पन्न भएपनि केही स्थानमा भने झडपका घटनाहरु भएका छन् । केही स्थानमा भने प्रहरीले हवाई फायर नै गर्नुपर्ने अवस्था निम्तिएको छ ।
देशका विभिन्न स्थानमा झडपका घटना भएका छन् । स्थिति नियन्त्रणमा लिन हुम्लाको चंखेली गाउँपालिका केन्द्र, ओखलढुंगाको चम्पादेवी गाउँपालिका ९ मिश्रभन्ज्याङको मतदान केन्द्र र रामेछापको दोरम्बा,शैलुङ र खाँडादेवी गाउँपालिका, गोरखाको घ्याल्चोक, सर्लाहीको धनकौलका मतदान केन्द्रमा हवाई फायर, त्यस्तै कौडन्यामा पनि विवाद भएपछि हवाई फायर भएको छ । त्यस्तै बाजुराको बुढानन्दा नगरपालिकामा प्रहरीले हवाइ फायर गरेको छ ।
दैलेखको ठाटीकाँध, काभ्रेको चौरी देउराली ६ लगायत ४ मतदान केन्द्रमा, बाराको पचरौती २ मा पनि मतदानस्थलमा झडपहरु भएका छन् । बाँकेको कोहलपुरमा माओवादी र एमाले कार्यकर्ताबीच खुकुरी हानाहान दुबै पक्षका एक एक जना घाइते भएका छन् ।