आज: ६ मंसिर २०८१, बिहीबार | Thu, 21, Nov, 2024

रोशीमा भारतीय पर्यटक बोकेको गाडी र टाटासुमो ठोक्किँदा पाँच जनाको मृत्यु

गोकर्णेश्वर खबर२१ बैशाख २०७९, बुधबार १९:३४ मा प्रकाशित (२ साल अघि) ३८३ पाठक संख्या

२१ वैशाख, काठमाडौं । काभ्रेको रोशीमा भारतीय पर्यटक बोकेको फोर्स गाडी र टाटासुमो ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य १९ जना घाइते भएका छन् । बुधबार दिउँसो काभ्रेको रोशी गाउँपालिका–११, बढुवेसीमा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायव उपरीक्षक हरि खतिवडाका अनुसार भारतीय पर्यटक बोकेको यूपी ५८ टी ८१८१ नम्बरको फोर्स गाडी र सिन्धुलीबाट काठमाडौं जाँदै गरेको ना १ ज ४२१० नम्बरको टाटासुमो ठोक्किँदा पाँच जनाको मृत्यु भएको हो ।

दुर्घटनामा ज्यान गुमाउनेमा सिन्धुलीको कमलामाई नगरपालिका ६ रामपुरका ३० वर्षीय विक्रम श्रेष्ठ, खाडादेवी गाउँपालिका ३ रामेछापकी सम्झना भुसाल, उनका ६ वर्षीय छोरा सङ्गीत भुसाल, सुनकोशी गाउँपालिका १ सिन्धुलीका ४४ वर्षीया प्रमिला नेपाली, सुमोका चालक कमलामाई नगरपालिका ४ सिन्धुलीका हरिबहादुर बल छन् ।

त्यस्तै, दुर्घटनामा घाइते १९ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।