१३ वैशाख, काठमाडौं । गोकर्णेश्वर वडा नं. ८ बाट अनन्त कुमार खतिवडाले स्वतन्त्र तर्फबाट वडा अध्यक्षमा उम्मेदवारी दिएका छन् । युवा सहभागिता र नेतृत्व सुनिश्चित नभई वडाको उचित विकास नहुने देखेर स्वतन्त्र उम्मेदवारी दिएको खतिवडाले बताए ।
देशैभरी युवा नेतृत्वप्रति जनताको भरोसा बढेकोले वडाको उचित विकासका लागि सबैलाई मिलाएर अगाडी बढ्ने अठोटका साथ वडा अध्यक्षमा उम्मेदवारी दिएको खतिवडाले बताए ।