आज: ७ बैशाख २०८२, आईतवार | Sun, 20, Apr, 2025

गोकर्णेश्वर ४ को वडा सदस्यबाट जयराम महतको राजिनामा

गोकर्णेश्वर खबर१२ बैशाख २०७९, सोमबार ०९:१५ मा प्रकाशित (२ साल अघि) १२४७ पाठक संख्या

१२ वैशाख, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं. ४ का वडा सदस्य जयराम महतले राजिनामा दिएका छन् । नेपाली कांग्रेसका तर्फबाट वडा नं. ४ बाट अध्यक्षका दावेदार समेत रहेका महतले आईतबार वडा सदस्यबाट राजिनामा दिएका हुन् ।

राजिनामा दिए पछि गोकर्णेश्वर खबरसँग कुरा गर्दै महतले वडा सदस्यमा विजय गराई ५ वर्ष सहयोग गर्ने, राय सल्लाह सुझाव दिने सबै वडावासीलाई धन्यवाद व्यक्त गरेका छन् ।

वडा सदस्यको ५ वर्षे कार्यकाल वडावासीको साथ सहयोगले सफल भएको भन्दै उनले पार्टिले पत्याएर वडा अध्यक्षमा टिकट दिए फेरी वडावासीको सेवामा अहोरात्र खटिने, वडाको विकासका लागि सबैको साथ सहयोग लिएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले भनें ‘म आदरणीय आम वडावासी आमाबुबा, दाजुभाई, दिदीबहिनीको विश्वासलाई सम्मान गर्दै अगाडी बढ्छु, तपाईहरुकै राय, सल्लाह, सुझाव, मार्गदर्शन अनुसार काम गर्ने प्रण गर्दछु ।’