आज: ७ बैशाख २०८२, आईतवार | Sun, 20, Apr, 2025

आनन्द गणेश महिला समुहबाट संस्थामा आश्रीत बालबालिकालाई भोजन

गोकर्णेश्वर खबर५ बैशाख २०७९, सोमबार ०७:०३ मा प्रकाशित (३ साल अघि) ३४८ पाठक संख्या

५ बैशाख, काठमाडौं । आनन्द गणेश महिला समुहले अपांग पुर्नस्थापना केन्द्र नेपालका बालबालिकाहरुलाई बेलुकाको भोजन खुवाएको छ । आईतबार गोकर्णेश्वर ४ भगवती स्थानमा रहेको केन्द्रका बालबालिकालाई संस्थाका पदाधिकारी, सदस्यहरु गई भोजन गराएका हुन् ।

गोकर्णेश्वर नगरपालिका वडा नं. ८, आनन्द गणेश मार्ग (सिंगापुर चोक) मा रहेको आनन्द गणेश महिला समुहका अध्यक्ष सरिता पौडेल तथा वरिष्ठ सल्लाहकार याङ योञ्जन सहित सदस्यहरुको उपस्थितीमा संस्थामा आश्रीत बालबालिकालाई भोजन गराईएको थियो ।