आज: ७ बैशाख २०८२, आईतवार | Sun, 20, Apr, 2025

नगर प्रमुख चालिसेद्वारा फागुपूर्णिमाको शुभकामना

गोकर्णेश्वर खबर३ चैत्र २०७८, बिहीबार ०६:५५ मा प्रकाशित (३ साल अघि) ७०७ पाठक संख्या

काठमाडौँ । गोकर्णेश्वर नगरपालिका मेयर सन्तोष चालिसेले फागुपूर्णिमा (होली)को अवसरमा नगरवाससी तथा स्वदेश विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति तथा समृद्धिको शुभकामना व्यक्त गरेका छन्।

चालिसेले शुभकामना सन्देश मार्फत होलीमा खेलिने विविध रङहरूजस्तै हाम्रो समाज पनि जातीय, भाषिक र सांस्कृतिकरूपमा विविधतापूर्ण रहेको उल्लेख गर्दै यही विविधताबीचको एकता नै नेपालीको पहिचान बनेको बताएका छन्।

चालिसेले कोभिड–१९ को सङ्क्रमण अझै पूर्णरूपमा नियन्त्रण भइनसकेको अवस्थामा स्वास्थ्यका मापदण्ड पालना गर्दै र अरुलाई अवरोध नहुने गरी मर्यादितरूपमा होली पर्व मनाउन आग्रह गरेका छन्।