आज: १० मंसिर २०८१, सोमबार | Mon, 25, Nov, 2024

सत्तारुढ गठबन्धनबीच चुनावी तालमेल नहुने महतको दावी

गोकर्णेश्वर खबर१८ फाल्गुन २०७८, बुधबार १६:३२ मा प्रकाशित (२ साल अघि) ८७ पाठक संख्या

१८ फागुन, काठमाडौं । नेपाली कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धनबीच चुनावी तालमेल नहुने बताएका छन् ।

नेपाली कांग्रेस प्रवक्ता महतले सत्तारुढ दलबीच स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गरेर जाने अवस्था नरहेको बताए ।

उनले स्थानीय आवश्यकतालाई ध्यानमा राखेर स्थानीय तहको निर्वाचन सम्पन्न हुने भएकाले दलहरूले आ–आफ्नै ढंगले उम्मेदवारी दिने तर्कसमेत गरे । तर, यस विषयमा सत्तारुढ दलभित्र भने कुनै छलफल भइनसकेको दावी गरे ।

प्रवक्ता महतले आवश्यकताको सिद्धान्त र आ–आफ्नै फाइदाको सिद्धान्तअनुसार स्थानीय तहको निर्वाचनमा दलहरू जुट्नुपर्ने अवस्था रहेको दोहो¥याए ।

स्थानीय तहको निर्वाचन तोकिएको समयमा हुनेमा आफ्नो पार्टी विश्वस्त रहेको उल्लेख गर्दै उनले त्यसका लागि सरकार अघि बढिसकेको जानकारी दिए।