आज: १० मंसिर २०८१, सोमबार | Mon, 25, Nov, 2024

एमसीसी सम्झौता अनुमोदन भएपछि अध्यक्ष प्रचण्ड र नेता श्रेष्ठबीच मतभेद

गोकर्णेश्वर खबर१८ फाल्गुन २०७८, बुधबार ०८:२८ मा प्रकाशित (२ साल अघि) ४१६ पाठक संख्या

१८ फागुन, काठमाडौं । अमेरिकी सहयोगसम्बन्धी सम्झौता एमसीसी सम्झौता प्रतिनिधिसभाबाट अनुमोदन विषयलाई लिएर मओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेता श्रेष्ठबीच मतभेद बढेको छ । एमसीसी पास गर्न नहुने अडान राख्दै आएका नेता श्रेष्ठले १२ बुँदे ब्याख्यात्मक घोषणालाई पनि स्वीकारेका छैनन् ।

व्याख्यात्मक घोषणामार्फत एमसीसी पारित गराउन महत्वपूर्ण भूमिका खेलेका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमसीसी पारित गर्न नहुने पक्षमा रहेका नारायणकाजी श्रेष्ठबीच दुई लाइन संघर्ष चर्किएको छ ।

पूर्व एकता केन्द्र समूहका नेताहरु एकतातिर उभिएको र पार्टीबाट विद्रोह गर्न सक्ने आँकलनकाबीच अध्यक्ष प्रचण्ड मंगलबार हात्तिवनस्थित श्रेष्ठको निवासमा पुगेर छलफल गरेका थिए । भेटमा प्रचण्डले आफूले फरक परिवेशमा भनेका कुरालाई लिएर अन्यथा नठान्न र पार्टीमै बसेर छलफल गर्न श्रेष्ठसँग आग्रह गरेका थिए ।