आज: १० मंसिर २०८१, सोमबार | Mon, 25, Nov, 2024

संसदबाट एमसीसी सम्झौता अनुमोदन

गोकर्णेश्वर खबर१५ फाल्गुन २०७८, आईतवार २१:०४ मा प्रकाशित (२ साल अघि) २६१ पाठक संख्या

१५ फागुन, काठमाडौं । अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँग भएको सम्झौतालाई प्रतिनिधि सभाले ‘व्याख्यात्मक टिप्पणी’सहित अनुमोदन गरेको छ । संसदले कुनै पनि सैन्य गठबन्धनमा आवद्ध नहुने व्याख्यात्मक घोषणासँगै अमेरिकी सहयोग परियोजना मिलेनियन च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन गरेको हो ।

आइतबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी सम्झौताबारे उठेका प्रश्नहरुलाई समेटेर १२ बुँदे व्याख्यात्मक घोषणा प्रस्ताव गरेका थिए । जसलाई संसदले एमसीसीसँगै अनुमोदन गरेको छ ।

सत्तारुढ गठबन्धनमा आबद्ध दलहरुको बुहमतले मिलेनियन च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन गरेको हो । एमालेले प्रतिनिधि सभा विरोधै क्रममा अनुमोदन गरेको हो ।

व्याख्यात्मक घोषणामा मिलेनियन च्यालेन्ज कम्प्याक्टको पक्ष भएको कारण नेपाल, अमेरिकाको हिन्द प्रशान्त रणाीति लगायतका कुनै पनि सामरिक, सैन्य वा सुरक्षा गठबन्धनमा आवद्ध भएको मानिने छैन भन्ने घोषणा गरिएको छ ।