१५ फागुन, काठमाडौं । प्रतिनिधिसभा बैठक फेरि सुरु भएको छ । अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता अनुमोदन गर्न बैठक फेरि सुचारु भएको हो । यसअघि प्रतिनिधिसभा बैठकमा एमसीसीको विषयमा सैद्धान्तिक छलफल भएको थियो । उक्त छलफललाई संसदले बहुमतले पारितसमेत गरेको थियो ।
दोस्रो बैठकको कार्यसूचिमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी सम्झौताको संसदमा छलफल गरियोस् भन्ने प्रस्ताव र अनुमोदन गरीयोस भन्ने प्रस्ताव पेशगर्ने उल्लेख छ ।
यसअघि पहिलो बैठकले एमसीसी सैद्धान्तिक छलफललाई बहुमतले स्विकृत गरेको थियो । बैठकले १२ बुँदे ब्याख्यात्क घोषणा पनि पेश हुने छ । यो व्याख्यात्मक घोषणापत्रलाई बेलुकी बसेको मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेको थियो । आजै बस्ने बैठकले एमसीसी अनुमोदन गर्नेछ ।