आज: १० मंसिर २०८१, सोमबार | Mon, 25, Nov, 2024

प्रतिनिधिसभामा एमसीसीमाथिको सैद्धान्तिक छलफल सुरु

गोकर्णेश्वर खबर१५ फाल्गुन २०७८, आईतवार १५:४७ मा प्रकाशित (२ साल अघि) २८७ पाठक संख्या

१५ फागुन, काठमाडौं । प्रतिनिधिसभामा सरकारले पेस गरेको एमसीसीमाथिको सैद्धान्तिक छलफल सुरु भएको छ । संसद भवन नयाँ बानेश्वरमा एमसीसीमाथिको सैद्धान्तिक छलफल गर्न प्रतिनिधि सभाको बैठक बसिरहेको छ । प्रतिनिधिसभाको बैठक निर्धारित समयभन्दा दुई घन्टा ढिला सुरु भएको हो ।

सत्ता गठबन्धनमा रहेका विभिन्न दलहरुले एमसीसी अनुमोदनका लागि पार्टीमा निर्णय गरे पछि ढिलो गरी प्रतिनिधि सभाको बैठक बसेको हो । संसद् बैठक सुरु भए पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध कायमै राखेको छ । उनीहरुले संसदमा नाराबाजी गरिरहेका छन् ।

संसदको कार्यसूचीअनुसार एमसीसीको प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले पेश गरेका छन् । त्यसपछि दबाफार छलफल सुरु भएको छ ।

यसैगरी, नेकपा एमालेका नेता तथा पूर्वमन्त्री भीम रावलले एमसीसी राष्ट्रघाती भएको भन्दै यसलाई संसद्‍बाट पास गर्न नहुने बताएका छन् । उनले एमसीसीले नेपालको स्वातन्त्रता, राष्ट्रयता र स्वाधिनतामा आघात पुग्ने भन्दै यसप्रति उनले आपत्ती जनाए ।