आज: १० मंसिर २०८१, सोमबार | Mon, 25, Nov, 2024

व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने गठबन्धनको निर्णय

गोकर्णेश्वर खबर१५ फाल्गुन २०७८, आईतवार १२:०५ मा प्रकाशित (२ साल अघि) २११ पाठक संख्या

१५ फागुन, काठमाडौं । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेको छ । सत्ता गठबन्धन दलले अमेरिकी सहायता परियोजना एमसीसी व्याख्यात्मक घोषणासहित अनुमोदन गर्ने निर्णय गरेको हो ।

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलका अनुसार संसदमा उठेका प्रश्नहरुमा सरकारको व्याख्यात्मक टिप्पणीसमेत जवाफ दिएर आजै एमसीसी सम्झौता अनुमोदन गर्ने निर्णय भएको छ ।

सदनमा उठेका प्रश्नलाई सरकारले व्याख्यात्मक टिप्पणीसहित जवाफ दिएर आजै पारित हुने बरिष्ठ नेता पौडेलले बताए । संसद् बैठक दिउँसो १ बजे बस्दैछ ।