आज: १० मंसिर २०८१, सोमबार | Mon, 25, Nov, 2024

प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै

गोकर्णेश्वर खबर१५ फाल्गुन २०७८, आईतवार ०८:२७ मा प्रकाशित (२ साल अघि) ३९६ पाठक संख्या

१५ फागुन, काठमाडौं । दुईपटकसम्म स्थगित प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रहमा प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रहमा गएको बिहीबार र शुक्रबारका लागि तय भएका बैठक स्थगित गरिएको थियो ।

दुइटै बैठकको कार्यसूचीमा एमसीसी सम्झौतासम्बन्धी छलफल गर्ने उल्लेख थियो। एमसीसी सम्बन्धमा दलहरुबीच सत्ता गठबन्धनसँगै प्रमुख प्रतिपक्षी दल एमालेसँग सहकार्य गर्न सहमति नभएपछि प्रधानमन्त्री देउवाले दुईदिनकै बैठक स्थगित गर्न सभामुखसमक्ष आग्रह गरेका थिए ।

सोहीअनुसार सभामुख अग्निप्रसाद सापकोटाले आज दिउँसो १ बजे संसद बैठक आह्वान गरेका छन्। आजको बैठकको लागि बिहीबार र शुक्रबार स्थगित बैठककै सम्भावित कार्यसूचीलाई लागि निरन्तरता दिइएको छ ।

संसद सचिवालयका महासचिव डा भरतराज गौतमद्वारा जारी सम्भावित कार्यसूचीअनुसार संसद बैठकमा एमसीसीमाथि सामान्य छलफल हुने उल्लेख छ। यसअघि महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश हुनेछ । प्रधानमन्त्री शेरबहादुर देउवाले ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८’ पेश गर्ने कार्यसूची रहेको छ ।

सत्ता गठबन्धनले मोटामोटी रुपमा एमसीसीसम्बन्धी अन्योल टुंग्याएकाले आजको बैठकमा त्यसबारे सैद्धान्तिक छलफल हुने सम्भावना बढेको छ । बैठकमा एमसीसीबारे आफ्नो धारणा राख्न चाहने सांसदहरुलाई ५ मिनेटको समय दिनेबारे संसदको कार्यव्यवस्था परामर्श समितकिो बैठकले निर्णय गरिसकेको छ ।