आज: ६ मंसिर २०८१, बिहीबार | Thu, 21, Nov, 2024

एमसिसीमा सहयोग नगरे गठबन्धन टुट्न सक्ने वरिष्ठ नेता पौडेलको दावी

गोकर्णेश्वर खबर१२ फाल्गुन २०७८, बिहीबार ११:२६ मा प्रकाशित (२ साल अघि) २२१ पाठक संख्या

१२ फागुन, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसिसीमा पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपालले सहयोग नगरे वर्तमान गठबन्धन टुट्न पनि सक्ने बताएका छन् ।

प्रेस युनियन तनहुँले दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पौडेलले नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले एमसिसी पारित गर्न सहयोग नगरे गठबन्धन कायमै राख्नुपर्छ भन्ने पक्षमा काङ्ग्रेस नरहेको समेत प्रष्ट पारेका छन् ।

उनले सरकारले ल्याएको प्रस्तावको गठबन्धनका दलले सहयोग गर्नुपर्छ, गठबन्धनले साथ नदिए प्रमुख प्रतिपक्षी दलको सहयोगमा भए पनि एमसिसी पास गर्नुपर्छ भन्ने पक्षमा कांग्रेस रहेकोले वरिष्ठ नेता पौडेलले एमसिसी असफल बनाएर गठबन्धन कायमै राख्छौँ भन्ने कुरा नगर्न गठबन्धनका नेतालाई आग्रह गरे ।

पौडेलले उस्तै परे चुनावमा पनि जान सकिने बताएका थिए । एमसिसी अमेरिकी जनताको उपहार भएको बताउँदै वरिष्ठ नेता पौडेलले एमसिसीको विषयमा अनावश्यक भ्रम फैलाइएको आरोप समेत  लगाए ।