आज: १० मंसिर २०८१, सोमबार | Mon, 25, Nov, 2024

आयोगले आठ अर्ब ९५ करोड बजेट माग

गोकर्णेश्वर खबर१० फाल्गुन २०७८, मंगलवार ०८:३१ मा प्रकाशित (२ साल अघि) २३५ पाठक संख्या

१० फागुन, काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन, २०७९ का लागि अर्थ मन्त्रालयसँग आठ अर्ब ९५ करोडको अनुमानित बजेट माग गरेको छ । आयोगले निर्वाचनमा यसअघि करिब १२ अर्ब खर्च लाग्ने अनुमान गरेको थियो ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सोमबार आयोगले अर्थ मन्त्रालयमा बजेट प्रस्ताव पठाएको छ । निर्वाचनमा लाग्ने खर्चको करिब ९० प्रतिशत बजेट जिल्ला, प्रदेश र निर्वाचन अधिकृतको कार्यालयमा खर्चिने गरी बजेट तयार गरिएको छ ।

आयोगले अधिकांश बजेट जिल्लामार्फत मतदान केन्द्रमा खटिने कर्मचारी तथा निर्वाचन अधिकृतको कार्यालयमार्फत खर्चिनेछ । निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा भने कुल बजेटको करिब १० प्रतिशत मात्रै खर्च हुने अनुमान गरिएको छ ।

आयोगले गर्ने खर्चको अधिकांश भाग मतपत्र छपाइ तथा निर्वाचन सामग्री खरिदमा खर्च हुनेछ । आयोगका कर्मचारी तथा अन्य प्रशासनिक कार्यमा थोरै मात्रै खर्च हुने छ ।