आज: १० मंसिर २०८१, सोमबार | Mon, 25, Nov, 2024

सरकारबाट संसद बैठकमा एमसीसी टेबल, फागुन १२ गतेसम्मका लागि संसद बैठक स्थगित

गोकर्णेश्वर खबर८ फाल्गुन २०७८, आईतवार १४:३६ मा प्रकाशित (२ साल अघि) ३५४ पाठक संख्या

८ फागुन, काठमाडौं । सरकारले प्रतिनिधिसभा बैठकमा अमेरिकी सहायता परियोजना एमसीसी टेबल गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माका तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सदनमा एमसीसी सम्झौता प्रस्ताव पेश गरेका हुन् ।

प्रतिनिधिसभामा एमसीसीमा अब पक्ष र विपक्षमा छलफल भई अनुमोदनका लागि निर्णयार्थ पेश गरिनेछ ।

प्रतिनिधिसभाको बैठक स्थगित

यसैगरी अमेरिकी सहायता परियोजना एमसीसी टेबल गरेको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । अमेरिकी सहायता परियोजना एमसीसी टेबल गरेर सभामुख अग्निप्रसाद सापकोटाले फागुन १२ गते बिहीबार दिउँसो १ बजे बस्नेगरी बैठक स्थगित गरेका हुन् ।

बैठकमा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले एमसीसी सम्झौता प्रस्ताव पेश गरेका थिए । प्रमुख प्रतिपक्षी नेकपा एमालेले भने अवरोध कायमै राखेको थिए ।