आज: १० मंसिर २०८१, सोमबार | Mon, 25, Nov, 2024

आज सत्ता गठबन्धनको बैठक बस्दै 

गोकर्णेश्वर खबर५ फाल्गुन २०७८, बिहीबार ०८:२४ मा प्रकाशित (२ साल अघि) ४६८ पाठक संख्या

५ फागुन, काठमाडौं । अमेरिकी आर्थिक सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी)को विषयमा साझा धारणा बनाउन बिहीबार सत्ता गठबन्धन दलहरूको बैठक बस्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालबीच बुधबार भेटवार्ता भएपछि सत्ता गठबन्धनमा सहभागी दलहरूको बैठक बिहीबारका लागि डाकिएको हो ।

बिहीबार दिउँसो ३ बजेका लागि गठबन्धन बैठक तय भएको जानकारी दिए । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवाकाबीच भएको छलफलबाट गठबन्धन बैठक बोलाउने सहमति भएको थियो । सोही छलफलपछि प्रधानमन्त्री देउवा बुधबारको संसद बैठकमा एमसीसी टेबल नगर्न समेत सहमत भएका थिए ।

माओवादीले यथास्थितिमा एमसीसी टेबल भए विपक्षमा भतदान गर्ने र सरकारबाट पनि बाहिरिने चेतावनी दिएपछि देउवा ब्याक हुँदै थप छलफलमा जुटेका हुन् । उसो त नेकपा एकीकृत समाजवादी पनि एमसीसीको पक्षमा छैन भने गठबन्धनकै दल राष्ट्रिय जनमोर्चा यसअघि नै एमसीसीको विपक्षमा आन्दोलित भइसकेको छ भने जसपापनि एमसीसीबारे विभाजित छ ।