आज: १६ कार्तिक २०८१, शुक्रबार | Fri, 01, Nov, 2024

एमसीसीबारे छलफल गर्न भोलि बालुवाटारमा गठबन्धनको बैठक बस्ने

गोकर्णेश्वर खबर४ फाल्गुन २०७८, बुधबार १२:५० मा प्रकाशित (२ साल अघि) १६५ पाठक संख्या

४ फागुन, काठमाडौं । एमसीसीबारे छलफल गर्न गठबन्धनको बैठक भोली बालुवाटारमा हुने भएको छ । एमसीसीबारे छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक बोलाइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भोलि ३ बजेका लागि बैठक बोलाइएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा आजै प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भएको छलफलबाट गठबन्धन बैठक बोलाउने सहमति भएको हो । प्रचण्डसँगको छलफलपछि प्रधानमन्त्री देउवा आज एमसीसी टेबल नगर्न समेत सहमत भएका हुन् ।

यस अघि माओवादी केन्द्रले राष्टिय सहमती गरेर एमसीसी पारित गर्नु पर्ने पार्टी निष्कर्ष बाहिर ल्याएको थियो भनें एमसीसीलाई संसदमा छलफल गर्ने वातावरण बनाउनु पर्ने बताएको थियो । सोही निर्णय लिएर प्रचण्ड प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका थिए ।