आज: १० मंसिर २०८१, सोमबार | Mon, 25, Nov, 2024

राष्ट्रिय सहमति नभई एमसीसी अघि बढेमा माओवादीले सरकार छोड्ने

गोकर्णेश्वर खबर४ फाल्गुन २०७८, बुधबार १२:२५ मा प्रकाशित (२ साल अघि) १३५ पाठक संख्या

४ फागुन, काठमाडौं । सत्तारुढ माओवादी केन्द्रले राष्ट्रिय सहमति नभई एमसीसी अघि बढेमा सरकार छोड्ने निष्कर्ष निकालेको छ । राष्ट्रिय सहमति विना एमसीसी अघि बढेमा विपक्षमा मतदान गरी सरकार छोड्ने निष्कर्ष निकालेको छ ।

पार्टी बैठक पछी यही निष्कर्ष लिएर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्न बालुवाटार गएका छन् ।

माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलका अनुसार यथास्थितिमा सरकारले एमसीसी अघि बढाए माओवादीलाई नैतिक संकट पर्ने र त्यो अवस्थामा सरकारमा नरहने अवस्था आउनेबारे बैठकमा नेताहरूले ब्रिफिङ गरेका छन् । संसद्मा पर्याप्त छलफल हुने वातावरण बनाएर एमसीसीका बारेमा छलफल हुनु पर्ने पोखरेलले बताए ।