आज: १० मंसिर २०८१, सोमबार | Mon, 25, Nov, 2024

कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै, प्रतिनिधिसभाको बैठक १ बजे

गोकर्णेश्वर खबर४ फाल्गुन २०७८, बुधबार ११:५१ मा प्रकाशित (२ साल अघि) १२६ पाठक संख्या

४ फागुन, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै छ । सभामुख सापकोटाले संसद् भवन नयाँबानेश्वरमा बिहान साढे ११ बजे समितिको बैठक आह्वान गरेका थिए ।

कार्य व्यवस्था परामर्श समितिकव बैठकले संसदमा पेश गर्नुपर्ने कार्यसूची फेरबदल गर्न सक्ने संभावना पनि छ ।

यसअघि प्रधानमन्त्री शेरवहादुर देउवाले सभामुख अग्निप्रसाद सापकोटालाई कार्यव्यवस्था समितिको बैठक डाक्न र एमसिसीको प्रस्ताव आजैको बैठकमा राख्ने कार्यसूची थप गर्न आग्रह गरेका थिए ।

प्रतिनिधिसभाको बैठक आज बस्ने 

यसैगरी, प्रतिनिधिसभाको बैठक आज बस्ने कार्यक्रम छ । संसद सचिवालयका अनुसार बैठक दिउँसो १ बजे बस्ने छ ।

संसदको अधिवेशन चालु भएदेखि नै प्रमुख प्रतिपक्षी दलले अवरुद्ध गर्दै आएको संसदको बैठक संचालन गर्न विभिन्न प्रयासहरु गरिएपनि हालसम्म सहमति हुन सकेको छैन ।

सहमति नभएकै कारण बैठक पटक पटक सूचना टाँस गरी सारिंदै आएको छ ।

आज बस्ने बैठकमा राजनीतिक वृत्तमा सर्वाधिक चासो बनेको अमेरिकी सहयोग परियोजना टेबुल हुने चर्चा छ । तर संसद सचिवालयले सार्वजनिक गरेको संभावित कार्यसूचीमा भने सो प्रस्ताव हालसम्म परेको छैन ।